काठमाण्डौको एक कोठामा ११ दिनदेखि केही कलाकार संवादमा रटिएका छन् । संवादसँगै आफ्नो अभिनयलाई निखारता ल्याउन उनीहरु लागिपरेका छन् ।
अपि्रल २६ मा घोषणा गरेर २७ बाट छायांकनमा जाने तयारीका साथ निर्देशक सुमन घिमिरे कलाकारलाई अभिनय र संवादमा डुबाउँदैछन् । घिमिरे खुशी देखिए, कारण थियो कलाकारको मिहिनेत र उनले खोजे जस्तो प्रतिफल ।
एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रोमियो’को लागि कलाकारहरु वर्कशपमा व्यस्त छन् । हसनराज खान चलचित्रको शिर्ष भूमिकामा छन् भने श्रद्धा प्रसाइँ र ओसीमा बनुले यस चलचित्रबाट डेब्यू गर्दैछन् ।


नायक तथा निर्माता हसन खान २ यूवतीका एक्ला रोजाइमा परेका यूवक हुन् । श्रद्धा र ओसिमा दुबै हसनको प्रेममा दिवाना छन् । ओसिमालाई हसन श्रद्धासँग नजिक भएको मन पर्दैन, तर श्रद्धा हसनको मन पगाल्दैछिन् । श्रद्धा ओसिमा र हसन दुबैलाई भन्दैछिन्-‘हाम्रो त ग्राहक अनुसारको नाम फरक हुन्छ ।’

यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment