Thursday, April 14, 2016

यी हुन् विश्वका १० अनौठा शौचालय, नेपालकै एउटा शौचालय पनि सूचीमा (फोटो फिचरसहित)

शौचालय मानिसले खासै महत्व नदिने तर, नभइ नहुने भौतिक संरचना हो । केही दशक अघिसम्म हाम्रो नेपालमा त शौचालयको आवश्यकतामाथि नै प्रश्न उठाउने गरिन्थ्यो । मानिसहरु खुल्ला ठाउँमा दिशा-पिसाब गर्थे । विस्तारै बारीको पाटोमा खाल्टो खनेर चारैतिर बोराले बेरेको शौचालय प्रयोगमा आउन थाल्यो । अहिले चेतनास्तर अलिमाथि उठेको छ । घर-घरमा शौचालय देख्न सकिन्छ ।

तर, अझै पनि गाउँ-गाउँमा शौचालयलाई कामचलाउ बनाउने गरिन्छ । सहरमा भने सायद खुल्ला ठाउँको अभाव भएर नै होला घरभित्रै शौचालय बनाउने अनिवार्य चलन चलिसकेको छ ।

जहाँ-जहाँ मानिस हुन्छन्, त्यहाँ-त्यहाँ शौचालय अनिवार्य छ । त्यसैले विश्वका जुनसुकै कुनामा पुग्ने हो भने पनि शौचालय देख्न सकिन्छ । यसैक्रममा चर्चित इंग्लिश अनलाइन दि गार्जियनले विश्वकै १० आकर्षक शौचालयको सूची प्रकाशित गरेको छ । जसमा छैटौं स्थानमा नेपालकै शौचालय पनि परेको छ ।

 

यी हुन् विश्वकै अनौठा शौचालयहरु:

१. नर्वेको जोन्स्कनुटेन पहाड नजिक रहेको यो शौचालय प्रयोग गर्दा ९०४ मिटर अग्लो पहाडको दृश्य हेर्दै रमाउन सकिन्छ । मनमोहक दृश्य हेर्नका लागि शौचालयको ढोका खुला नै राख्नुपर्ने हुन्छ । यसो गर्दा अन्य कुराको चिन्ता लिन नपरेता पनि जनावारले अवरोध गर्नसक्ने चिन्ताले भने सताइरहन्छ ।

Worlds Most Amaizing Toilet 1

२. ट्युनिसियाको निकै ठूलो अनि नुनिलो ताल सोटेल जेरिडलाई स्टार वारका कलाकार ल्युक स्काईवाल्करले आफ्नो जवानी बिताएको घरको दृश्यमा देखाइएको थियो । फिल्ममा देखाइएको जमिनमुनि बनाइएको घर ध्वस्त भइसकेको होला तर बाटोको छेउमा बनाइएको यो शौचालयले नयाँ आशा जगाएको छ ।

Worlds Most Amaizing Toilet 2

३. न्युजिल्याण्डकी कवि ब्ल्यान्स बगनले सन १९०८ माझरना तथा पहाडै पहाडबीच गरेको३३ माइल लामो आफ्नो पहिलो यात्राका क्रममा फियोर्डल्याण्ड राष्ट्रिय निकुञ्ज परिसरमा रहेको यस गोरेटोलाई संसारकै उत्तम बाटो भनेर उल्लेख गरेकी थिइन् । तर यही बाटोमा रहेको यस शौचालयलार्ई कवि महोदयले भने एकपटक पनि प्रयोग गर्न पाइनन् ।

Worlds Most Amaizing Toilet 3

४. आर्कटिक क्षेत्रमा रहेको यो शौचालयको एक छेउमा सानो बेञ्च राखिएको छ जहाँबाट उजाड भूमि देख्न सकिन्छ । फिनल्याण्ड, नर्वे तथा स्विडेनलाई जोड्ने ५०० माइल लामो र युरोपको सबैभन्दा उत्तरमा अवस्थित यो बाटोमा रहेको यस शौचालय शारिजार्भी तालको पश्चिमी किनारामा रहेको छ ।

Worlds Most Amaizing Toilet 4

५. सन २०१० मा आइसल्याण्डकोे आइजाफलजोकुल नामक ज्वालामुखी विस्फोटन हुँदा आकाशभर खरानीको मुस्लोका कारण आइसल्याण्ड आएका एउटा पनि जहाज अवतरण हुन नसकेपछि ती जहाजलाई | सापो | युरोपमा अन्य देशमा अवतरण गरिएको थियो । र बिरलै हुने त्यस्तो घटनालाई यही शौचालयबाट अवलोकन गर्न सकिन्छ ।

Worlds Most Amaizing Toilet 5

६. सगरमाथा आधार शिविर जानेक्रममा प्रयोग गरिने यो शौचालय ६८१२ मिटर उचाइमा रहेको आमादब्लाम हिमालको फेदमा अवस्थित छ । यो फोटो सगरमाथाको दक्षिणमा रहेको चुमलुङ गाउँबाट लिइएको हो ।

Worlds Most Amaizing Toilet 6

७. बोलिभियाको सुख्खा सिलोली मरुभूमिको केन्द्र भागमा अवस्थित यो खुला शौचालय प्रयोग गर्दा गोप्यता, सुरक्षा तथा आनन्दलाई भुल्नु पर्ने हुन्छ । खुल्ला ठाउँमा एकतर्फ महिला र एकतर्फ पुरुषहरुका लागि छुट्याइएको छ । तर, त्यहाँ कुनै भौतिक संरचना छैन ।

Worlds Most Amaizing Toilet 7

८. वाशिङ्टन पोष्टले जेरीको आकाआरालाई संसारकै सबैभन्दा राम्रो समूद्री किनारा भने देखि नै ब्राजिलको पूर्वीतटमा अवस्थित भूतपूर्व गाउँमा निला लगुन तथा सेता अनि ठूला बालुवाका | सापो | पहाड हेर्न पर्यटकको घुँइचो लाग्ने गर्दछ । यसै कारण रुखको पातले घेरिएका महिला तथा पुरुषका लागि छुट्टा-छुट्टै बनाइएका यस प्रकारका शौचालय पनि निर्माण गरिएको छ ।

Worlds Most Amaizing Toilet 8

९. १९औं शताब्दीको अन्त्यतिर काम खोज्दै बर्लिन आउने मानिसका लागि भनेर यी शौचालय निर्माण गरिएको हो । यस्ता शौचालय अक्टागन आकारमा बनाइएका थिए जसका ७ वटा भागले युरिनल र एउटा भागले ढोकाको काम गर्दछन् । १४२ वटा शौचालय मध्य युद्धमा स्वस्त नभएकालाई मात्रै संरक्षण गरेर राखिएको छ ।

Worlds Most Amaizing Toilet 9

१०. लाओसका भाङ भियङ भनिने यो क्षेत्र कुनै बेला होहल्लापूर्ण जंगल पार्टीका लागि प्रख्यात मानिन्थ्यो जहाँकाम न काजका पर्यटकहरु रुखै रुखले घेरिएको नामसोङ नदी वरपर डुलिहिड्दथे । | सापो | यस क्षेत्रमा रहेका अवैध बारहरुलाई सन् २०१२ मा प्रतिबन्ध लगाएपछि अहिलेका पर्यटकहरुले शान्तिको अनुभूति गर्न सक्दछन् । तर यहाँ हरेक कुरा अझै पनि निकै प्राकृतिक नै देखिन्छ ।

Worlds Most Amaizing Toilet 10

Source: theguardian


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment