मिडिया एनपी, काठमाडौं, ३ बैशाख । पछिल्लो समय सफल परमाणु परीक्षण गर्दै आएको उत्तर कोरियाले शुक्रबार गरेको मिसाइल परीक्षण असफल भएको दावी गरिएको छ ।
उत्तर कोरियालाई नजिकबाट नियालीरहेका दक्षिण कोरिया र अमेरिकाले शुक्रबार उत्तर कोरियाले गरेको मिसाइल परीक्षण असफल भएको दावी गरेका हुन् ।
उत्तर कोरियाका संस्थापक नेता तथा अहिलेका उत्तर कोरियाका नेता किम जोङ उनको हजरबुबा किम इलको जन्मदिन पारेर शुक्रवार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो । तर, सो परीक्षण असफल भएको दक्षिण कोरिया र अमेरिकाले दावी गरेका हुन् ।
उत्तर कोरियाले परीक्षण गरेको मिसाइल अहिले पुष्टी नभएको दक्षिण कोरियाको भनाइ छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदको नाकाबन्दी र अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई प्रभाव पार्न पछिल्लो समय परमाणु परीक्षण गर्दै आएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment