Thursday, April 14, 2016

चीनमा नेपालबाट बढ्यो बहुमूल्य चिराइतोको निर्यात

ताप्लेजुङ, २ वैशाख । बहुमूल्य जडीबुटी चिराइतो ओलाङ्चुङ्गोला नाका हुँदै चीनको तिब्बततर्फ निकासी बढ्दै गएको छ ।

पछिल्लो समय स्थानीय बजारसहित झापाको बिर्तामोड र भारतका बजारमा चिराइतोको मूल्य कम भएकाले तिब्बततर्फ निकासी हुन थालेको हो । सदरमुकाम फुङ्लिङमा चिराइतोको मूल्य प्रतिमन (४० किलो)को रु १४ हजारसम्म पर्छ । तर तिब्बतमा पु¥याउँदा प्रतिमन रु २५ हजारदेखि रु ३० हजारसम्ममा बिक्री हुन्छ ।

ओलाङ्चुङ्गोलामा गत चैतसम्म जम्मा गरेको चिराइतो लिन तिब्बतका व्यापारी आउने गरेका छन् । वैशाखदेखि असारसम्ममा चौँरी र भरियामार्फत चिराइतो तिब्बतसम्म पु¥याइन्छ । जिल्लाको लिङ्खिम गाविससम्म यातायातको पहुँच भएका कारण सो क्षेत्रसम्म पाँचथर, इलाम र तेह्रथुमबाट समेत व्यवसायीले चिराइतो ढुवानी गर्नेगरेका छन् ।

ज्वरो, घाउखटिरा, रुचि बढाउने औषधि बनाउन चिराइतो प्रयोग गरिन्छ । गत वर्ष २० हजार किलो चिराइतो उत्पादन भएको थियो । कार्यालयका अनुसार जिल्लाका २२ गाविसमा व्यावसायिक रुपमा चिराइतो खेती गर्न थालिएको छ । समुद्री सतहबाट करिब एक हजारदेखि तीन हजार मिटरको उँचाइसम्म चिराइतो पाइन्छ । साउन भदौदेखि फूल फुल्न सुरु हुने चिराइतो मङ्सिरदेखि पाक्न सुरु हुन्छ भने मङ्सिरको अन्त्यदेखि फागुनसम्म सङ्कलन गरिन्छ ।

पछिल्लो समय नगदेबाली अलैँचीपछि व्यावसायिक रुपमा चिराइतो खेती गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment