– ललित केसी
अछाम, २२ चैत । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १ भातकाँडामा होटल भत्किदा पूर्व राज्यमन्त्री जनकबहादुर शाहसहित १७ जना घाईते भएका छन ।
२ ओटा गाडिका यात्रुहरु खाना खाईरहेको अवस्थामा बैतडी समराईज होटल भत्कीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
धनगढीबाट बुकिङ्गमा अछाम मंगलसेनतर्फ आईरहेका ना ४ ख ३१९७ र से १ ख ९१६ नम्वर वसका यात्रुहरु खाना खान होटमा बसिरहेको अवस्थामा काठ र जस्तापाताबाट बनेको होटेल भत्किएको हो ।
घाईते हुनेमा १३ जना अछाम, ३ जना वाजुरा र १ जना कञ्चनपुर महेन्द्रनगरका रहेका छन् । घाईतेमा २ जना बालबालिका र २ जना महिला रहेका प्रहरीले जनाएको छ ।
घाईतेहरु सबैको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । प्रहरीका अनुसार घाईतेहरुको अवस्था सामान्य छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment