धनगढी, २३ चैत । राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
धनगढी विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता चन्दले सरकार नसुध्रिए विकल्प खोज्नुपर्ने बेला आउने बताउनुभयो । वर्तमान सरकारमा राप्रपा पनि संलग्न छ ।
सरकारका क्रियाकलापबाट राप्रपा सन्तुष्ट नरहेको बताउँदै उहाँले राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो ‘भूकम्पपीडितको राहत र पुनःस्थापना, आपूर्ति व्यवस्था सहज बनाउने काममा सरकारले राम्रोसँग काम गर्न सकेको छैन ।’
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि पनि नेपाल भारत सम्बन्धमा खास सुधार हुन नसकेको उहाँले बताउनुभयो ।
राप्रपा नेपाल र राप्रपाबीचको एकता बारेको प्रसङ्गमा चन्दले दुई पार्टी एक बनाउने विषयमा चार पाँच चरणमा छलफल भएको जानकारी दिँदै केही दिनभित्रै निर्णायक वार्ता हुन लागेको बताउनुभयो । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment