२४ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ । मतदानमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलवीच प्रतिस्पर्धा हुँदैछ ।
संसदीय दलको नेताका लागि मंगलबार सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिको कार्यतालिका अनुसार निर्वाचन आज बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।
पार्टीको महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग नगरेको कांग्रेसले दलको नेता चयनको निर्वाचनमा भने विद्युतीय मेसिन प्रयोग गर्ने भएको छ ।
पौडेलको रणनीतिः सम्मानजनक भोट
हालै सम्पन्न तेह्रौं महाधिवेशनमा सभापति पदका लागि भएको दुई चरणको चुनावमा रामचन्द्र पौडेल शेरबहादुर देउवासँग पराजित भएका थिए । संसदीय दलको चुनावमा पनि हार्ने चुनावमा पौडेलले देउवासँग प्रतिपर्धा गर्न लागेका छन् ।
कांग्रेस स्रोतका अनुसार २०६ जना सांसदहरुले दलको नेताका लागि मतदान गर्नेछन् । योमध्ये देउवाको पक्षमा १२५ र पौडेलका पक्षमा ७४ मत रहेको दाबी गरिएको छ ।
नखुलेको ६ मत मात्रै रहेकाले दलको नेता छनोटमा पौडेलले हार्ने लगभग निश्चित रहेको एक नेताले बताए । ‘रामचन्द्र पौडेलले हार्ने लगभग निश्चित छ, पौडेल पक्षकै एक नेताले अनलाइनखबरसँग भने, ‘तैपनि कसरी सम्मानजनक मत ल्याउने भन्नेमा हामी केन्द्रित छौं ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment