२३ चैत, काठमाडौं । नेपालका लागि यूरोपेली यूनियनकी राजदूत रेन्से तिरिङ्कले नेपालको संविधानलाई ऐतिहासिक कदमको संज्ञा दिएकी छिन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई मंगलबार भेटेलगत्तै उनले ट्वीटरमा ताजा टिप्पणी गरेकी हुन् । तिरिङ्ले लेखेकी छिन्, ‘इयूले नेपालको शान्ति प्रक्रियालाई बलियो साथ दिदै आएको छ र हालै जारी संविधानलाई ऐतिसिहासिक कदमका रुपमा स्वागत गरेको छ । त्यो घोषणामा हामी अहिले पनि छौं ।’
EU has always strongly supported Nepal’s PP & welcomed Constitution as historic step. We stand by that declaration https://t.co/ZmekRhnZhw
— Rensje Teerink (@RensjeTeerink) April 5, 2016
यसअघि तिरिङ्को नेतृत्वमा यूरोपेली देशका राजदूतहरु परराष्ट्रमन्त्री थापालाई भेट्न पुगेका थिए । भेटमा थापाले हालै इयू र भारतले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधानको प्रसंग उल्लेख गरिएको विषय कोट्याएका थिए ।
जवाफमा राजदूतहरुले नेपालको संविधानलाई इयूले सकारात्मक रुपमा ग्रहण गरेको जवाफ दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment