२४ चैत, जाजरकोट । जाजरकोटको दशेरा गाविसको वडा नं ३ स्थित जनप्रिय उच्च माविमा प्रवेशिका एसएलसी परीक्षा दिन आएका शिक्षक, विद्यार्थी र स्थानीयलाई झाडावान्ताको सङ्क्रमण देखिएपछि उपचार कार्य जारी रहेको छ ।
मंगलबार बेलुका सम्म ९९ सय जना झाडावान्ताका बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी ‘फोकल’ व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिए । शिक्षक, विद्यार्थी र स्थानीय अभिवावकलाई समेत झाडावान्ता प्रकोप देखिएको दशेरा स्वास्थ्य चौकी प्रमुख नवीना कँडेलले जानकारी दिए ।
जिल्ला सदरमुकामबाट औषधि पठाउन २२ गते नै अनुरोध गरे पनि प्रभावित क्षेत्रमा २४ गते दिउँसो मात्र औषधि पठाउने तयारी भएको छ । चिकित्सक दिवस सापकोटा, महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीसहित २० काटुन औषधि २४ गते दशेरा जाने बताएको छ ।
अहिले झाडावान्ता प्रभावित छिमेकी गाविसका स्वास्थ्यकर्मी परिचालन गरी उपचार कार्य जारी रहेको छ । औषधि खाँदै परीक्षा दिँदै गरेको बिरामी छात्रा राधिका जैसीले राससलाई बताइन् । निरन्तर पखाला लागेपछि परीक्षा नै बिग्रिएको उनले बताइन् । यहाँ पाँच वटा माविका ५०० भन्दा बढी विद्यार्थी परीक्षा दिइरहेका छन् ।
आर्दश मावि लुहादह परीक्षा केन्द्रमा परीक्षा दिइरहेका भैरव मावि मजकोटका विद्यार्थी बिरामी भएपछि उपचारसँगै परीक्षा दिइरहेको प्रहरीले जनाएको छ । वीरेन्द्रनाथ र सपना नेपाली औषधि सेवन गरी परीक्षा दिइरहेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
किन लाग्यो झाडावान्ता
विद्यार्थीको चापसँगै दशेरामा खानेपानीको अभावका कारण निकै समस्या भएको दशेरा परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीले जानकारी दिए ।
चौपाया र मानिसले एकै ठाउँमा पानी खाँदा पानी फोहर भएर चुनौती थपिएका स्थानीयले बताएका छन् । निरन्तर खडेरीका कारण मूलमा पानीको स्रोत घट्दै जाँदा स्थानीय एक घन्टा टाढाबाट पानी ड्रममा बोकेर विद्यार्थीलाई खुवाउने गरिएको छ । खानेपानीको अभाव हुँदा शौचालयमा समेत पानीको प्रयोग गर्न निकै समस्या भएको स्थानीय होटल सञ्चालकले बताएका छन् ।
नियमित सरसफाइ गर्न, रामो तरिकाले नुहाउन र हातखुट्टासमेत सफा गर्ने पानीको अभावमा बाधा भएको स्थानीय नरबहादुर खत्रीले बताए । विद्यार्थी बस्ने ठाउँको अभावमा एउटै कोठामा पाँच जनाभन्दा बढी कोचिएर बस्ने गरेका छन् ।
पाँच सयभन्दा बढी विद्यार्थी र त्यतिकैमात्रामा परीक्षामा सहयोग गर्ने उद्देश्यले गएका अभिभावकको चापले गर्दा बस्ने र खाने ठाउँको समस्या भएको छ ।
यो ठाउँ जाजरकोट सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ । यता जगतीपुर परीक्षा केन्द्रमा पनि पानीको अभावमा समस्या भएको अभिभावकले बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment