पानामा पेपरमा आफ्नो नाम मुछिएपछि बलिउड सुपरस्टार अमिताभ बच्चनले स्पष्टिकरण दिएका छन् ।
उनले आफ्नो नाम दुरुपयोग भएको हुन सक्ने बताएका छन् । उनले जारी गरेको बयानमा इण्डियन एक्सप्रेसले उल्लेख गरेका कुनै पनि कम्पनीबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
पानामा पेपर भारतमा इण्डियन एक्सप्रेसले प्रकाशित गरेको छ । जस अनुसार अमिताभ बच्चनले सिपिङ कम्पनी लिमिटेड, लेडी सिपिङ लिमिटेड, ट्रेजरर सिपिङ लिमिटेड र ट्रम्प सिपिङ लिमिटेड भनिएको छ ।
अमिताभले भनेका छन्, ‘म यो कुनै कम्पनीको पनि निर्देशक छैन । यस्तो हुन सक्छ कि मेरो नामको दुरुपयोग गरेको होला ।’
आफूले सबै कर तिरेको र, त्यसमा विदेशमा गरेको खर्च पनि रहेको भन्दै उनले भने, मैले कुनै गैरकानुनी काम गरेको छैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment