Tuesday, April 5, 2016

सत्र चिकित्सकको दर्ता निलम्बन (नामसहित)

काठमाडौं, २४ चैत । नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ ।

निलम्बित चिकित्सकहरु उपचार सेवा वा चिकित्सकीय परामर्शमा संलग्न भएमा तीन हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुन सक्नेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दर्ता निलिम्बित चिकित्सकमा सिरहा विष्णुपुर–५ का विनिता यादव, थानकोट चुनिखेल–१ का सुजितकुमार श्रेष्ठ , राजविराज–९, सप्तरीका राजेन्द्रप्रसाद दास, झापा विर्तामोड–३ का रामबाबु गिरी, सप्तरी बैरवा–२ का तुलसीकुमार महतो, जनकपुर १४ का भगवान केवट मल्लाह, महोत्तरी हतिर्सवा ५ का सन्तोषकुमार यादव, धनुषा सतोसार ६ का शैलेन्द्रकुमार महतो, महोत्तरीऔरही ६ का श्यामवावु साह, कल्याणपुर ३ सप्तरीका मोहमद कमरुल हक, जनकपुर १ का कल्याण विश्वास, सुनसरीइटहरी १ का पशुपतिकुमार चौधरी, धनुषा लोहना १ का मोअहमद सिद्घिकी, कपिलवस्तु तौलिहवा ५ का अफजल हुसैन, रौतहट मत्सर ५ का राजीवकुमार झा, वारा कलैया ४ का पृथ्वीनारायण यादव, जनकपुर ९ का प्रदीपकुमार गुप्ता छन् ।

काउन्सिलले उनीहरुविरुद्ध अदालतमा रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि दर्ता निलम्बन गरेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment