Tuesday, April 5, 2016

०७३ सालका सार्वजनिक विदा यसरी घटाइयो

काठमाडौं, २४ चैत । नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ ।

पर्व, दिवस, जात्रा, जयन्ती, दसै‌ं, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको हो । २०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् ।

शनिबार बाहेकका कुल ५१ दिन सार्वजनिक बिदा भए पनि सबै समुदायका लागि साझा बिदाका रुपमा ३० दिन मात्र बिदा परेको छ ।

तर, कतिपय चाड र दिवस पनि शनिबारै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चांग निर्णयक समितिका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले बताए । ‘केही चाडपर्व एकैदिन परेको र केही शनिबारै परेकाले सार्वजनिक बिदा घट्ने भएको हो’, गौतमले भने ।

२०७३ मा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन त शनिबारै परेको छ । यो वर्ष ५२ ओटा शनिबार परेका छन् ।

यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनवटा बिदा रहेका छन् ।

२५ फागुनमा पर्ने महिला दिवसको बिदा सबैलार्इ दिइएको छ । ११ वैशाखमा दिइँदै आएको लोकतन्त्र दिवसको विदा असोज ३ मा जारी गरिएको संविधान दिवसका लागि दिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment