काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग माफी मागेको खुलासा भएको छ ।
बैठक आइतबार विहान बसेको थियो । स्रोतका अनुसार केन्द्रीय सदस्य मनोनयनमा क्रम भएपछि देउवाले पौडेलसँग माफी मागेका हुन् ।
सभापतिमा निर्वाचित भएलगत्तै सभापति देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । वरिष्ठताका आधारमा पौडेललाई सुरुमै छुट्टै रुपमा मनोनित गर्नुपर्ने कांग्रेसको परम्परा बमोजिम सबैसँगै घानमा मिसाएपछि गल्ती भएको भन्दै देउवाले आइतबार माफी मागेका हुन् ।
‘मैले केन्द्रीय सदस्यमा मनोनित गर्दा अन्जानबश गल्ती गरेको छु । पहिलो पटक मनोनित गर्दा रामचन्द्रजीलाई मात्र गर्नुपर्दथ्यो तर मैले अन्जानबश उहाँसँगै अरुलाई पनि मनोनित गरेँ । मैले त्यो गल्ती गरेर रामचन्द्रजीको मन दुखाँए’ देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो- ‘पौडेलजीलाई मनोनित गर्दा अरु छ जनासँगै मनोनित गरेर मैले पौडेलजीको मन दुखाउन पुगेंछु, त्यो मैले जानजान गरेको होइन र यसका लागि म क्षमा चाहन्छु ।’
सभापतिमा निर्वाचित भएलगतै देउवाले चुनाव हारेका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, नरहरि आचार्य र उमाकान्त चौधरीलाई एकैपटक केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment