विश्वमा ऐतिहासिक तथा पुरातात्विक महत्वका चिज बिजहरु संग्रह तथा सुरक्षा गर्नका लागि संग्राहलयहरु धेरै खुलेका छन् ।
तर यो म्युजियम भन्ने चिज यतिसम्म हल्का भएछ की हुँदा हुँदा दुनियामा आची संग्राहलय पनि खुल्न थालेका छन् । बेलायतमा दुनियाको पहिलो दिसा संग्राहलय खुलेको हो ।
बेलायतको स्यानडनस्थित इस्ले अफ वाइट जू परिसरमा राष्ट्रिय दिसा संग्राहलय विधिवत रुपमा संचालनमा आएको छ । यो संग्राहलयमा मानिस तथा विभिन्न जनावरले गरेका दिसा निकै जतन गरेर राखिएको छ । चम्किलो तथा पारदर्शी रबरको डल्लाभित्र निकै सजाएर दिसाहरु राखिएको छ ।
नेसनल पू म्युजियम नाम दिइएको उक्त संग्राहलयमा एल्क देखि लिएर सिंह तथा मानिसको बच्चा सम्मका दिसाको जोहो गरिएको छ ।
यो दिसा संग्राहलयको अवधारणा कलाकारहरुको हो । संग्राहलयका कर्मचारी डानियल रोबर्टस् दिसा सर्वव्यापी तथा हामीभित्रै भएपनि हामीले यसलाई सधै वेवास्ता गर्ने गरेको बताउँछन् ।
यहाँ राखिएका दिसाका नमूनाहरु विश्वका विभिन्न ठाउँबाट खोजेर ल्याइएका हुन् र कतिपय नमूना चिडियाखाना तथा डाइनोसर म्युजियमबाट प्राप्त भएका हुन् ।
दिसाका नमूनामध्ये एउटा १४ करोड वर्ष पहिलेको दिसा पनि रहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment