काठमाडौं, २४ चैत । व्यवस्थापिका संसद बैठक कक्षमा हुने अभद्र र अशोभनीय व्यवहार रोक्न संसदले तयारी थालेको छ ।
बैठकमा सांसदबाटै यस्ता व्यवहार दोहोरिन थालेपछि संसदले नियमावली नै बनाएर कारबाही गर्न लागेको नागरिक दैनिकले समाचार छापेको छ ।
व्यवस्थापिका संसद नियमावलीले त्यस्ता सांसदलाई निलम्बनसहित कारबाही गर्ने अधिकार सभामुखलाई दिएको छ ।
अभद्र तथा अशोभनीय व्यवहार गर्ने सांसदलाई निष्कासन, निलम्बन र हर्जना तिराउनेसहित तीन चरणको कारबाही गर्न सक्ने अधिकार सभामुखलाई तोकिदिएको छ ।
पहिलो पटक स्पष्ट रुपमा यस्तो अधिकार दिइएको नियमावली बिहीवार समितिबाट पारित हुँदैछ ।
नियमावलीको परिच्छेद ८ को ‘बैठकमा सुव्यवस्था’ शीर्षकमार्फत सभामुखलाई निष्कासन, निलम्बन र हर्जना गरी तीन चरणको कारबाहीका लागि अधिकार तोकिएको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment