Tuesday, April 5, 2016

बालिका बलात्कार आरोपमा किशोर पक्राउ

२४ चैत, लमही । दाङको लमहीमा एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार दिउसो घरमा टीभी हेर्न आएकी १३ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका छोपेर १५ वर्षीय एक वालकले बलात्कार गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रेम बहादुर खड्काले जानकारी दिए ।

बलात्कृत वालिकाले घरमा गएर आमालाई भनेपछि पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा प्रहरीले बालकलाई पक्राउ गरेको छ । बलात्कृत बालिकाको राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment