Tuesday, April 5, 2016

संघीयताले देश रणसग्राम हुने चेतावनी, नेपालमा कहिल्यै नफाप्ने दाबी

राजकुमार ओली

विर्तामोड, २३ चैत । नेपालमा संघीयताको प्रदेशको नामांकन र राजधानी लगायतका अन्य प्रारुप तोक्दा देशमा रणसग्राम हुने र त्यसलाई नेपालले थेग्नै नसक्ने राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिड्देनले बताउनु भएको छ ।

राप्रपा नेपालको विर्तामोडको दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्नुहुँदै उहाँले हिजो पनि जबरजस्त लादेको संघीयताको नाममात्रैको घोषणाले नेपाल कुरुक्षेत्र जस्तै बनेको भन्दै देशले लामो पीडा भोेगेकाले समेत नेपालमा संघीयता नफाप्ने बताउनुभयो ।

दोस्रो विर्तामोड नगर अधिवेशनको अवसर पारेर नेपाली कांग्रेस झापाका क्षेत्रीय सदस्य धुव्र पोखरेल लगायत १ सय बढी पार्टी प्रवेश समेत गरेको नगर अध्यक्ष शंकर रिजालले जानकारी दिनुभयो । विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा पार्टी प्रवेश गरेकालाई महामन्त्री लगायत केन्द्रिय सदस्यहरु राजकुमार पोखरेल, भक्ति सिटौला, प्रेमबहादुर श्रेष्ठ लगायतले फुलमाला लगाएर स्वागत गर्नुभएको थियो ।

नगर सचिव लक्ष्मी गौतमको सञ्चालनमा भएको अधिवेशनमा पार्टीमा उल्लेख्य योगदान पुराएका विर्तामोडका युुवा रुद्र बहादुर बस्नेतलाई समेत सम्मान गरिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment