Tuesday, April 5, 2016

भाउजूलाई कोठामा यस्तो गरिरहेको देखेपछि देवरको होशै उड्यो

एजेन्सी । पैसाको आर्थिक तनावले मानिसलाई जे गर्न पनि बाध्य पार्छ ।

तर, यहाँ घुम्नका लागि श्रीमानले सय रुपैयाँ कम दिँदा श्रीमतीले यस्तो कदम उठाएकी छिन् जसलाई सुनेर आश्चर्य नै लाग्छ । यो खबर जयपुरको कानोता थाना इलाकाको सन्तोष नगरको हो ।

जहाँको विजयपुरा रोड निवासी भूमेश (जो मजदूरी गर्छन)की श्रीमती नीलमले चौथको बरवाडा जानका लागि श्रीमानसँग पैसा मागेकी थिइन् । श्रीमानले श्रीमतीलाई तीन सय रुपैयाँ दिए । तर, नीलमले चार सय रुपैयाँ चाहिने अडान राख्दा श्रीमानले अरु पैसा छैन् भने ।

पैसा छैन भनेपछि नीलम रिसाएर आफ्नो माइतीघर जान्छु भन्न थालिन् । श्रीमानले सम्झाउँदा उनले मान्दै मानिन् । त्यसपछि भूमेशले नीलमका भाइसँग कुरा गरेर दिदीलाई सम्झाउन लगाए । भाइले सम्झाएपछि नीलमले अन्तिममा मानिन् र आफ्नो कोठामा आएर सुतिन् र सँगै भूमेश पनि सुतेका थिए । राति तीन बजे जब भूमेशको अचानक निद्रा खुल्यो तब नीलम कोठामा थिइनन् । उनी नीलमलाई खोज्न थाले ।

समाचार अनुसार दोस्रो कोठाको भित्रबाट लक लगाइएको भेटिएपछि भूमेशले आफ्ना भाई र अन्य परिवारका सदस्य बोलाएर कोठाको ढोका फोडे । भित्र हेर्दा सबैको होशै उड्यो । नीलमले आफ्नो साडीको फन्दा पंखामा लगाएर ज्यानै दिइसकेकी थिइन् । अर्थात झुण्डिएर आत्महत्या गरिसकेकी थिइन् ।

घटनाको सूचना पाउनेवित्तिकै पुलिस घटनास्थल पुगेर शवको पोस्टमार्टमका लागि अस्पताल लग्यो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment