Tuesday, April 5, 2016

पाकिस्तानमा ३ नेपाली यसरी अलपत्र परे

काठमाडौं, २४ चैत । अफगानिस्तानको काबुलबाट गैरकानुनीरुपमा पाकिस्तान हुँदै घर फर्कने क्रममा तीन महिनादेखि अलपत्र परेका तीन नेपाली कामदारलाई इस्लामाबादस्थित नेपाली दूतावासले उद्धार गरेर घर फिर्ता पठाएको छ ।

दूतावासले मोरङ विराटचोकका २७ वर्षीय विनोद दनुवार, धादिङ धादिङबेसीका ३८ वर्षीय सुकबहादुर सोनार र झापा गोलधापका ५६ वर्षीय गंगाबहादुर गुरुङलाई उद्धार गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मानव तस्करहरुले उनीहरुलाई अवैधानिक कागजात र उपायबाट दिल्ली ट्रान्जिट हुँदै करिब एक वर्षअघि काबुल पुगाएका थिए ।

काठमाडौ दिल्ली हुँदै काबुलसम्म सञ्जाल बनाएर बसेका दलाल एकाएक सम्पर्कहीन बनेपछि सोनारका अनुसारको काम पाउने स्थिति नरहेपछि उनीहरु अफगान–पाक सीमा छिचोलेर घर फर्कने क्रममा थिए ।

तीनमध्ये विनोद र गंगाबहादुर गत जनवरी दोस्रो सातामा तोरखम नाकाबाट पाकिस्तान छिरेका थिए ।

उनीहरु पाकिस्तान छिरेयता इस्लामाबादस्थित नेपाली दूतावासको संरक्षणमा थिए । सुकबहादुर तोरखम नाका काट्दै गर्दा पाकिस्तानी सुरक्षा निकायको नियन्त्रणमा परेका थिए ।

पाकिस्तानी सुरक्षा निकायले ४० दिन हिरासतमा राखेपछि सुकबहादुर गत जनवरी २९ मा इस्लामावादस्थित नेपाली दूतावासमा बुझाएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment