Tuesday, April 5, 2016

ब्रेसेल्सबाट अर्को वक्तव्य आयो, स्थानीय चुनावमा सहयोग नगर्न दातालाई अपील

२३ चैत, काठमाडौं । इन्टरनेशनल क्राइसिस ग्रुप (आईसीजी)ले नेपालमा आन्दोलनकारी दलहरुसँग सहमति विना स्थानीय निकायको चुनाव भए सहयोग नगर्न अन्तराष्ट्रिय दाताहरुलाई आहृवान गरेको छ । साथै संविधानसंवन्धी असहमति हल नहुँदासम्म स्थानीय निकाय नगर्न दलहरुलाई आग्रह गरेको छ ।

बेल्जियमको ब्रसेल्समा रहेको आईसीजीले सोमबार नेपालबारे प्रतिवेदन सार्वजनिक गरेको छ । मधेसी र थारुको असहमतिका बीच संविधान जारी भएको र आन्दोलनका क्रममा ५७ जनाको मृत्यु भएको भन्दै आइसीजेले तराईमा फेरि हिंसाको खतरा रहेको बताएको छ ।

सरकारले दलहरुसँग सहमति नगरी स्थानीय निकायको चुनाव गर्न खोजे हिंसा भड्कने सक्ने भन्दै उसले भारत र चीनसहितका नेपालका विकास साझेदारहरुलाई भनेको छ, ‘यदि असन्तुष्ट दलहरुससँग रोडम्याप सहमति भएन भने स्थानीय चुनावका लागि सहयोग गर्नुस् ।’

आईसीजीले मधेसी र थारु जनताको विश्वास जित्न आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न आयोग बनाउन सुझाएको छ । साथै उत्तेजक अभिव्यक्तिबाट बच्न र भूकम्प-नाकाबन्दीका कारण परेको आर्थिक र मानवीय असरलाई सम्बोधन गर्न सुझाव दिएको छ ।

इन्टरनेशनल क्राइसिस ग्रुपले दलहरुलाई सीमांकन विवाद सुल्झाउन बनेको संयन्त्रको टीओआर टुङ्गो लगाउन र संविधानसंवन्धी असहमति हल नहुँदासम्म स्थानीय निकाय नगर्न दलहरुलाई आग्रह गरेको छ ।

मधेसी दलहरुलाई भने तराईमा बस्ने अन्य सामाजिक समूहसँगको विश्वास पुनःस्थापित गर्न र उत्तेजक अभिव्यक्ति नदिन सुझाएको छ ।

आईसीजीले भारतलाई पनि सुझाव दिएको छ । उसले भारतलाई सबै पक्षसँग खुला दृष्टिकोण राख्न सुझाव दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment