२३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलनको तयारी थालेको छ । महंगी र कालोबजारी व्याप्त रहेको तथा भूकम्प पीडितलाई राहत दिन नसकेको भन्दै कांग्रेसले भ्रातृ संस्थाहरुलाई सडक संघर्ष सुरु गर्न भनेको छ ।
माउ पार्टीको निर्देशनअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आन्दोलनको तयारीका विषयमा मंगलबार काठमाडौमा अन्तर्क्रिया गरेका छन् ।
अन्तर्क्रियामा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले सरकारको अहिलेको काम गराइले जनताले घर नपाउने र सम्पदाहरुको पनि पुनर्निमाण हुन नसक्ने बताए । त्यसैले प्रतिपक्षी दलका नाताले कांग्रेसले दवाबमूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने उनले बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले नाकाबन्दी खुलेपछि मागभन्दा बढी परिणाममा इन्धन भित्रिए पनि उपभोक्ताले कालोबजारीको मार खेप्नु परिरहेका कारण आफूहरु अब सरकारविरुद्ध सडकमा ओर्लिने बताए ।
अन्तक्रिर्यामा सहभागीहरुले सरकारले नै कालोबजारीलाई प्रोत्साहन गरेको भन्दै आन्दोलन चर्काउनुपर्ने सुझाव दिएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment