काठमाडौं, २३ चैत । संसदीय दलको चुनावको अन्तिम जोडघटाउ गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कडा चेतावनी आएको छ ।
संसदीय दलको नेता छान्न भोली निर्वाचन हुँदैछ । आज मात्रै देउवाले संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता गराएका थिए । उनका प्रतिद्वन्द्वी रामचन्द्र पौडेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
निर्वाचनमा दुबैबीच प्रतिस्पर्धा हुनेछ । तर, देउवालाई चुनाव अघि नै उनकै पक्षका एक नेताले महाधिवेशनमा गरेका वाचा पुरा नगरेको भन्दै साथ छाड्ने चेतावनी दिएका हुन् ।
कांग्रेसमा बोलियो पकड बनाएका नेता खुमबहादुर खड्काले सभापति हुनुअघि गरेका प्रतिबद्धता अहिलेसम्म पुरा नगरेको भन्दै आज विहान देउवाकै निवास बुढानिलकण्ड पुगेर साथ छाड्ने चेतावनी दिएको कांग्रेस स्रोतले जनाएको छ ।
देउवालाई खड्काले भने- ‘तपाईलाई सभापति बनाउन मैले कुनै कसरत बाँकि राखिन, तर तपाईले आफ्नो बाचा अहिलेसम्म पुरा गर्नुभएन । संसदीय दलको निर्वाचनभन्दा पहिले तपाईले बाचा पुरा गरे राम्रो हुनेछ ।’
संसदीय दलको निर्वाचनको तनावमा रहेका देउवाले जवाफमा आफू सम्झौताबाट पछि नहटेको र सबैलाई मिलाएर अघि बढ्न खोज्दा केही ढिलो भएको बताएका थिए ।
उनले संसदीय दलको निर्वाचनपछि तत्कालै केन्द्रीय समितिलाई पूर्णता दिने र खड्कालाई उपसभापति बनाउने बचनबद्धता गरेको स्रोतको दाबी छ । ‘मलाई संसदीय दलको नेता बनाउनुस्, अहिले साथ छाड्ने कुरा नगर्नुस् । सबै मिलाउछु,’ देउवाले भने ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment