२३ चैत, काठमाडौं । सरकारले विना दर्ता सञ्चालित बालगृहहरुलाई कारवाहीको दायरामा ल्याउन सुरु गरेको छ । दाताको रकममा रजाईं गर्दै आएका सञ्चालकहरुमाथि पनि निगरानी बढाइएको छ ।
काठमाडौं जिल्ला बाल कल्याण समितिले मंगलबार बालगृह सञ्चालकहरुको भेला बोलाएर तत्काल कानुनी प्रक्रिया पूरा गर्न अन्यथा कारबाही भोग्न तयार हुन चेतावनी दिएको छ ।
काठमाडौं जिल्लामा २ सय १ वटा बालगृह सञ्चालनमा छन् । तर, ति अधिकांश दर्ता भएका छैनन् । जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले भने, ‘तपाईं हामीलाई कानुनविपरित जाने अधिकार छैन । याे कानुनी राज्य हो । कतिपयले दर्तै नगरी चलाउनु भएको छ । अब म असाध्यै कडा रुपमा प्रस्तुत हुन्छु ।’
भनसुन नगर्न चेतावनी
उनले भनसुन गरेर कारवाहीबाट उम्किने सपना नदेख्न बालगृह सञ्चालकहरुलाई चेतावनी पनि दिए । कतिपय बालगृह सञ्चालकहरुले कुकुरलाई दिन ठिक्क पारिएको हड्डी बालबालिकाहरुलाई दिने गरेको भन्दै यस्तो अपराध गर्नेले उन्मुक्ति नपाउने प्रष्ट्याए । ‘यो भन्दा अपराध अरू केहि हुन्छ ?’ कार्यक्रममा सहभागीहरुलाई प्रश्न गर्दै उनले भने, ‘यो त दानवी प्रवृत्ति भयो ।’
तर, उनले कुन बालगृहमा यस्तो अबस्था भेटिएको हो भनेर खुलाएनन् । प्रजिअ सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीले अनुगमन गरेका बालगृहमध्ये एउटामा मासु भात खुवाउने नाममा कुकुरलाई खान दिने जस्तो हड्डी बालबालिकालाई दिने गरेको पाइयो । अहिले यसलाई गोप्य नै राखेका छौं ।’
दाताको रकममा रजाईं गर्दै आएका बालगृह सञ्चालकहरुमाथि पनि निगरानी बढाइएको भन्दै उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा खेलवाड गर्नेहरुलाई बालगृह सञ्चालनमा निरुत्साहित गर्ने प्रजिअ सुवेदीले बताए ।
हेर्नुस् भिडियो
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment