Saturday, March 5, 2016

दबाबको भरमा संविधान संशोधन हुँदैनः प्रधानमन्त्री  

२२ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृया र विधिभन्दा वाहिर गएर संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

एमाले पूर्वाचञ्ल कमिटीले शनिबार विराटनगरमा आयोजना गरेको जनसभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता विपरित गएर संविधान संशोधन गर्न नसकिने बताए ।

मधेसी मोर्चाको मागलाई सम्वोधन गर्न राजनीतिक समिति निर्माण गरिएको भन्दै उनले केही व्यक्तिको दबाबमा गएर संविधान संशोधन गर्न नसकिने धारणा राखे ।

मधेसी मोचाल्ो संविधानबारे अनेक भम्र छारेर मधेस र पहाडवीच एकता तोड्ने काम गरेको आरोप लगाए । एमालेको अगुवाइमा नयाँ संविधान आएको भन्दै उनले अब कार्यान्वयन पनि एमाले नेतृत्वको सरकारले गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्ने कुरामा कसैले रोकन नसक्ने बताए ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, महासविचव ईश्वर पोखरेल लगायतले विवादहल गर्दै संविधान कार्यान्वय गर्नु पर्नेमा जोड दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment