२३ फागुन, हुम्ला । सदरमुकाम सिमीकोटको हिल्दुङ साना जलविद्युत् आयोजना शुक्रबारदेखि अवरुद्ध भएको छ । यस वर्ष पानी र हिमपात नभएर मूल सुकेपछि हावाले पाइप फुटेको छ ।
उक्त आयोजनाले सिमीकोट, डाँडाफया, स्याडा, छिप्रा, खापुनाथ र ठेहे गाविसमा २०० किलोवाट विद्युत प्रवाह गरेको थियो । बत्ती बाल्नका लागि सिह सारदुल गुल्म नेपाली सेनाले नेपाल टेलिकमबाट जेनेरेटर र पाइप लिई उद्धार गर्ने गरेका छन् ।
विद्युत् नहुँदा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने कामसमेत अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment