Saturday, March 5, 2016

रोकियो ‘बानी’ विवाह

फाल्गुन २३, २०७२- दुई परिवारबीचको विवाद टुंग्याउन भनेर १० वर्षीया बालिका र १४ वर्षीय किशोरबीच हुन लागेको विवाह प्रहरीले रोकेको छ । बालिकाका दाजुले आफ्नी पत्नीको हत्या गरेको आरोप लागेपछि स्थानीय पाकाहरूले उक्त विवाह गराउन आदेश दिएका थिए ।

पाकिस्तानमा कुनै आफन्तले गरेको अपराध फस्र्यौट गर्न महिलालाई विवाहका लागि आदेश दिइने परम्परा अझै छ । यस्तो विवाहलाई ‘बानी’ विवाह भनिन्छ । गैरकानुनी भए पनि यस्तो विवाह पाकिस्तानी समाजमा अझै प्रचलित छ ।

पछिल्लो घटनामा गाउँका ४ पाकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो विवाह पन्जाब राज्यको रहिमयार खान जिल्लामा हुने वाला थियो । तर, प्रहरीको हस्तक्षेपले रोकिन पुग्यो । अधिकारीहरूले अझै २० जनालाई खोजिरहेको छ ।

ती बालिकाका दाजुले अर्कै पुरुषसँग लागेको आशंकामा पत्नीको हत्या गरेको आरोप छ । यस्तो हत्यालाई ‘अनर किलिङ’ अर्थात् इज्जतका लागि गरिने हत्या भनिन्छ । उनी अहिले जेलमा छन् ।

उनका दाजु पक्राउ परेपछि दुई परिवारबीचको द्वन्द्व साम्य पार्न स्थानीय पाका बुजु्रकहरूको पञ्चायत बसेको थियो । दुवै परिवार अल्पसंख्यक हिन्दु सम्प्रदायका हुन् । पञ्चायतले १० वर्षे बालिकाले १४ वर्षे किशोरसँग विवाह गर्नुपर्ने निर्णय सुनाएको थियो । ती किशोर पीडित पक्षका आफन्त हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment