२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने मतदान अपरान्ह चार बजेसम्म जारी रहनेछ ।
३ हजार १ सय ६१ प्रतिनिधिहरुले कांग्रेसको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । कार्यसमितिको ६४ पदका लागि ३ सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
१२५ बुथ निर्माण
राष्ट्रिय सभागृहमा मतदानका लागि १२५ वटा बुथ निर्माण गरिएको छ । मतपत्र नौ किसिमका छन् ।
सभापतिको लागि छुट्टै मतपत्र बनाइएको छ । महामन्त्री र कोषाध्यक्षको भने एउटै मतपत्र छ ।
सबैभन्दा ठूलो मतपत्र प्रदेश केन्द्रीय सदस्य चयनको छ । ७ प्रदेशबाट २-२ जनाको दरले १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यसका लागि ६७ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् ।
यसैगरी महामन्त्री पदमा पौडेल प्यानलबाट शशांक कोइराला, देउवा प्यानलबाट अर्जुन नरसिंह केसी र सिटौला प्यानलबाट गगन थापा प्रतिस्पर्धामा छन् ।
कोषाध्यक्ष पदमा पौडेल प्यानलबाट सितादेवी यादव, देउवा प्यानलबाट चित्रलेखा यादव र सिटौला प्यानलबाट उमाकान्त चौधरीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्ष पदमै स्वतन्त्र उम्मेदवार कृष्ण कार्कीले पनि उम्मेदवारी दिएका छन् ।
नमस्कार । अनलाइनखबर कांग्रेस महाधिवेशन लाइन अपेडटमा स्वागत छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment