२३ फागुन, काठमाडौ । विगत वर्ष महाशिवरात्रि पर्वको केही दिनअघि देखि नै पाशुपत क्षेत्रमा देशीविदेशी साधुसन्त र नागाबाबाको चहल पहल बढ्थ्यो ।
यसपालि भने पर्व संघारमै आइपुग्दा पनि उनीको उपस्थित न्यून भएको आजको नागरिक दैनिकमा समाचार छ ।
भोली सोमबार मनाइने महाशिवरात्री पर्वका लागि साधुहरुको उपस्थिति उत्साहजनक नदेखिएको पशुपति विकास कोषले जनाएको छ । शिवरात्री पर्व व्यवस्थापन तयारीबारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा कोषका निर्देशक रमेश उप्रेतीले यस वर्ष साधुसन्तको उपस्थिति घटेको बताए ।
साधुसन्तहरु भारतबाट आउने गरेकोमा यस वर्ष नाकाबन्दी र नेपालको नकारात्मक प्रचारले साधुहरु आउन नसेकेको उनको भनाइ छ । शिवरात्रिअघिको एकादशी नागाबाबाहरु मन्दिर प्रवेश गर्ने क्रममा उनीहरु ५१ जना मात्र थिए । विगतमा एक सय हाराहारी बाबा मन्दिर प्रवेश गर्थे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment