काठमाडौं– ‘मैले विगतमा तपाईलाई गुन गरेको छु, बुझ्नुभो ? सहयोग भन्नेकुरा जोसँग जतिवेला पनि माग्न सकिन्छ तर सहयोग गर्न समय आउनुपर्छ, अहिले त्यो समय आएको छ’ प्रदर्शनी मार्गस्थित सडकको एक कुनामा कृष्ण सिटौला चोर औला ठड्याएर कांग्रेस नेता हृदयराम थानीसँग गुन तिर्न आग्रह गर्दै थिए ।
सभापतिका प्रत्यासी सिटौला मात्र हैन, कांग्रेसका धेरै नेताहरु महाधिवेशन प्रतिनीधीहरुसँग यसरी एक भोट खसालेर गुन फिर्ता गर्न आग्रह गरिरहेका छन् ।
प्रदर्शनिमार्ग स्थित राष्ट्रिय सभागृह अघिल्तीरको सडकमा सवारी आवत जावत बन्द गरिएको छ । कांग्रेस नेताहरु विभीन्न जिल्लाबट आएका महाधिवेशन प्रतिनीधहिरुसँग भोट मागिरहेका छन् । आफ्ना पक्षमा भोट माग्नका लागी केन्द्रिय सदस्य र पदाधिकारीका उम्मेद्वार प्रतिनीधीहरुसँग कानेखुसी गरिरहेका छन् ।
कांग्रेस बरिष्ठ नेता एकजना प्रतिनीधीसँग कानेखुसी गर्दै थिए । प्रहरीको सुरक्षा घेरमा भोट माग्न निस्कीएका देउवाले प्रतिनीहरुलाई ‘जय नेपाल है जय नेपाल’ भन्दै भोट मागे । देउवाले प्रतिनीधीहरुसँग ठोस कुरा केही गरेका छैनन् । मात्रै जय नेपाल भन्दै हात जोडेका छन् ।
सिटौला हरेक प्रतिनीधीसँग खुलेर कुराकानी गरिरहेका छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आ–आफ्ना पक्षमा प्यानल बनाएपनि पदाधिकारी बाहेक सिटौलाले प्यानल बनाएका छैनन् । ‘मेरो प्यानल छैन’ प्रतिनीधीहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘अरुको प्यानलमा नअटेका उम्मेद्वारहरुलाई मेरोमा आउन खुल्ला छ ।’
राष्ट्रिय सभागृहमा जारी मतदान स्थल प्रवेशका लागी महाधिवेशन प्रतिनीहरु लाईनमा बसेका छन् । प्रतिनीधीको लाईनभन्दा दाँया र बाँया केन्द्रिय सदस्यका उम्मेद्वारहरु पंक्तिबद्ध उभिएर ‘नभुल्नुहोला है’ भन्दै पर्चा बाँडिरहेका छन् ।
नेपाली कांग्रेसका नेताहरु रामशरण महत, प्रकाश शरण महत, गगन थापा, रामहरी खतिवडा लगायतका नेताहरुले भोट माग्दै गरेको दृश्य, हेर्नुहोस फोटो:
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment