२३ फागुन, काठमाडौं । बर्दियामा विवाहको जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।
बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर फर्किँदै गरेको भे १ ख ८५४ नम्वरको बस बबइ नगरपालिका-६ स्थित जम्ति खोलाको पुल नजिकै गएराति करिव १० बजेतिर पल्टिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते २६ जनालाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बर्दियाबाट पत्रकार दीपक शर्माले जानकारी दिएका छन् ।
डडेलधुरामा जीप दुर्घटना, ३ को मृत्यु
यसैगरी डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मणिलेकबाट सदरमुकाम जाँदै गरेको से १ ज ७०६ नम्बरको जीप शनिबार साँझ मणिलेककै वडा नम्बर १ रडुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मणिलेक-२ का ३० वर्षीय गाडी चालक सेरु भुल, मणिलेक ३ का ३४ वर्षीय छबिलाल अवस्थी र मणिलेक-१ का ३२ वर्षीय खडकराज अवस्थीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक बिपिन कर्माचार्यले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मणिलेक गाविस १ कै गाडी धनि गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । केआई सिंह राजमार्ग पुग्नु भन्दा ३ किलोमिटर अघि रडुवामा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment