२३ फागुन, काठमाडौं । दैनिक १५ देखि २० हजार मात्र राजश्व संकलन हुँदै आएको रत्नपार्कबाट बिहीवार एकै दिन एक लाख भन्दा बढी राजश्व संकलन भएको छ ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह हेर्न रत्नर्पा छिर्नेको घुइँचो भएपति आन्दानी बढेको आजको नागरिक दैनिकमा समाचार छ ।
असारदेखि स-शुल्क गराइएको रत्नपार्कमा विहीबार मात्र १ लाख १ हजार रुपैयाँ राजश्व जम्मा भएको काठमाडौं महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीमान श्रेष्ठले बताए ।
असार १५ यता करिब २६ लाख रुपैयाँ राजश्व उठेको छ । राजधानीबासीका nmागि आराम गर्ने थलोका रुपमा विकास गरिएको रत्नपार्कमा छिट्टै नै वाइफाई इन्टरनेट सुविधा सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment