२२ फागुन, काठमाडौं । मुगुमा ४० वर्ष यताकै ठूलो खडेरीले चरम खाद्य संकट उत्पन्न भएको स्थानीयवासीले जनाएका छन् ।
मुगुका स्थानीयवासीले कर्णाली खाद्य तथा कृषि सरोकार समूहका नाममा शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी जिल्लामा वर्षे बालीको उत्पादन ७० प्रतिशतले घटेका कारण चरम खाद्य संकट भएको जनाए ।
खाद्य संकटका कारण उत्पन्न भोकमरीको संभावना टार्न अधिकांश स्थानीयवासीहरु भारत पलायन हुने क्रम बढेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
वर्षे बालीको उत्पादन घटेको अवस्थामा खडेरीका कारण हिउँदे बाली समेत नउमि्रएकाले स्थानीयवासीहरु खानेकुराको जोहो गर्न असमर्थ भएका छन् । सरकारी सहयोग नआउने हो भने निकट भविश्यमै भोकमरीको समस्या देखिनसक्ने मुगुवासी जर्मन नेपालीले बताए ।
कणर्ाली खाद्य तथा कृषि सरोकार समूहले मुगुलाई खाद्य संकटग्रस्त क्षेत्र जिल्ला घोषणा गरी स्थानीय किसानहरुलाई क्षतिपूर्ति दिन तथा निःशुल्क रुपमा मल र बीउ उपलब्ध गराउन माग गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment