तस्वीर- श्रीधर पौडेल
२२ फागुन, काठमाडौं । तपाई काम विशेषले काठमाडौंको रत्नपार्क, पुरानो बसपार्क वा भृकुटीमण्डपतिर जाँदै हुनुहुन्छ भने विचार गरेर मात्रै जानुहोला, किनभने तपाई जाममा पर्न सक्नुहुन्छ । र, जामको कारण अरु केही नभएर कांग्रेस महाधिवेशनमा प्रयोग भएका गाडी एवं तिनको अस्तव्यस्त पार्किङ नै हो ।
काठमाडौंको खुल्लामञ्चमा विहीबार कांग्रेसको महाधिवेशन उदघाटन भएको थियो । अहिले खुल्लामञ्चमा कांग्रेस नेताहरुले प्रयोग गर्ने गाडीहरु पार्किङ गरेर राखिएका छन् ।
त्यसरी पार्किङ गरिएका गाडीको लहरमा भारतको युपी र बिहारको नम्बर प्लेट भएका गाडी पनि फेला परेका छन् ।
त्यसैगरी पार्टीको महाधिवेशनमा सरकारी नम्बरप्लेटका गाडीहरु पनि देखिएका छन् ।
खुल्लामञ्चमा मात्रै होइन, रत्नपार्कदेखि प्रदर्शनीमार्ग र पुतली सडकसम्म सडक किनारामा कांग्रेस नेता कार्यकर्ताका गाडीहरु देख्न सकिन्छ ।
विगतका महाधिवेशनहरुमा भन्दा यसपालि कार र भ्यानहरुको बढ्ता भएको भएको दृश्यले नेपालमा चार पाङ्रे गाडीका प्रयोगकर्ताहरु बढेको संकेत देखिएको छ ।
विगतमा कांग्रेसका महाधिवेशनमा मोटरसाइकलको प्रयोग बढी देखिन्थ्यो भने यसपालि चार पांग्रेको प्रयोग बढी देखिएको छ ।
हेर्नुहोस् थप तस्वीर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment