२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र कृष्ण सिटौलाले सँगै मतदान गरेका छन् ।
देउवा पक्षीय महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले पनि मत खसालेका छन् । रामचन्द्र पौडेल प्यानलबाट कोषाध्यक्षकी प्रत्यासी सीतादेवी यादवले पनि मत खसालेकी छन् । प्रकाशमान सिंह, सुजाता कोइराला लगायतले पनि मत खसालीसकेका छन् ।

३ हजार १ सय ६१ प्रतिनिधिहरुले कांग्रेसको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
कार्यसमितिको ६४ पदका लागि ३ सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मतदान गर्ने प्रतिनिधिहरुका लागि पाँच विकास क्षेत्रका लागि अलग-अलग लाइन बनाइएको छ । उम्मेदवारहरु लाइनमै बसेका कार्यकर्ताहरुसँग भोट मागिरहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं



















No comments:
Post a Comment