२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा चुनाव भइरहेको छ । यसक्रममा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिलाई प्रश्न राखेको छ- तपाई कसलाई भोट हाल्दैहुनुहुन्छ ? र, किन ?
यो प्रश्नमा कतिपयले खुलेरै केही उम्मेदवारहरुको नाम लिए । धेरै प्रतिनिधिहरु व्यक्तिको हकमा खुल्न चाहेनन् । तर, अधिकांशको रोजाइ युवा पुस्ताका उम्म्दवारप्रति देखिएको छ । केहीले चाँही अनुभवी एवं पाको नेतृत्व चाहिने बताएका छन् ।
विमला गौचन, म्याग्दी

मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने खालको नेता कांग्रेसलाई चाहिएको छ । यस्तो काम युवा नेताहरु गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेलजस्ता नेताहरुले गर्न सक्छन् भन्ने मेरो बुझाइ छ । पुराना नेताहरुले राजनीतिलाई एक विन्दूमा पुर्याइसकेका छन्, अब आर्थिक समृद्धिका लागि नयाँ पुस्ता चाहिन्छ ।
अम्मरबहादुर खड्का, उदयपुर

डिल्लीराम सुवेदी, बाग्लुङ

अब मुलुक आर्थिक सम्वृद्धिमा अगाडि बढ्नुपर्छ, यसका लागि भिजन चाहिन्छ, त्यो भिजन भएको टिम सिटौलाले बनाएका छन् ।
नेपाली कांग्रेस अब पुरानै सोच, संरचना र ढर्राबाट चल्नुहुँदैन । पुरानै तरिकाबाट चल्ने हो भने अब कांग्रेसले देशको नेतृत्व गर्न सक्दैन । त्यसैले कांग्रेसभित्रको परिवर्तनकारी शक्तिलाई मतदान गर्नुपर्छ । जसले लोकतान्त्रिक गणन्त्रका लागि लड्यो र नयाँ संविधान निर्माण प्रक्रियामा सक्रिय र रचनात्मक भूमिका खेल्यो उसले मात्रै जनताको परिवर्तनको भावना बुझ्न सक्छ ।
जब कांग्रेस आफैं परिवर्तन हुन सक्दैन भने उसले देशको नेतृत्व पनि गर्न सक्दैन । त्यसैले अहिलेको आवश्यकतालाई मध्यनजर गरी परिवर्तन पक्षधर प्यानललाई म भोट हाल्छु । युवालाई त झन खोजीखोजी भोट हाल्छु ।
बद्री सिग्देल, प्रेस युनियन अध्यक्ष

देउवाले जित्नुभयो भने कार्यकर्ताको काम अनुसारको मुल्यांकन हुन्छ । अबको आवश्यकता भनेको मुलुकको आर्थिक विकासको हो । त्यसको नेतृत्व देउवाबाटमात्रै हुन्छ भन्ने मेरो विश्वास छ ।
डायमण्ड सापकोटा, स्पेन जनसम्पर्क समिति

शेरबहादुर देउवा पटक-पटक टेस्ट भइसकेका व्यक्ति हुन् । उनी पार्टी फुटाएर हिँडिसकेका व्यक्ति हुन् । उनले आफ्नो कार्यकालमा खासै उपलब्धिमूलक काम गर्न सकेनन् । यही भएर पनि रामचन्द्र पौडेल पार्टीका लागि उपयुक्त हुन् । उनी अहिलेसम्म कांग्रेसमा विचलित नभई अनवरतरुपमा लागिरहेका छन् । भोलि पनि लाग्नेछन् । गगन थापासँग नयाँ जोस, उत्साह, देश र जनताका लागि केही गरौं भन्ने भावना छ ।
टेकबहादुर शाही, कपिलवस्तु

रेणुका खड्का, उदयपुर

कांग्रेस विपीको सिद्धान्तमा चलेको पार्टी हो । बाबुको सिद्धान्तलाई संस्थागत गर्दै हुर्काउने जिम्मेवारी सशांक कोइरालाको हो । यसका लागि महामन्त्रीमा शशांक उपयुक्त नेता हुन् भन्ने मेरो बुझाइ छ ।
विश्वप्रसाद आर्याल

पार्टीमा निरन्तरताको कुरा छ, पौडेल मूल सिद्धान्तबाट नभडि्कएको हुँदा पनि मैले उनको टीमलाई मतदान गर्ने निर्णय गरेको हुँ ।
पार्टीमा युवा नेताको आवश्यकता हुन्छ । कार्यसमितिमा युवापुस्तालाई प्राथमिकतामा राखेर मतदान गर्छु ।
शिवप्रसाद रिजाल (जोगिन्दर), सर्लाही

हिजो संविधान निर्माणमा जसरी नेतृत्वदायी भूमिका खेल्यो, त्यसरी अब आर्थिक विकासका लागि पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अब नयाँ पुस्ता अगाडि आउनुपर्छ । पुराना पुस्ताको अनुभव लिएर आर्थिक समृद्धिमा लाग्ने खालका नेतालाई हामीले मतदान गर्नुपर्छ ।
उमेर गएका श्रद्धेय नेताहरु सम्मानित भएर बस्नुपर्छ । देश र पार्टीको बागडोर युवा पुस्तालाई छाड्नुपर्छ । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता युवा नेताहरुलाई मैले मतदान गर्छु । कार्यकर्तालाई बुझ्ने, मुलुकमा आर्थिक क्रान्ति ल्याउन यस्तै नेताहरु चाहिन्छ ।
चित्ररेखा अधिकारी, संखुवासभा

पुराना पुस्ता र नयाँ पुस्ताका नेताहरुको फ्यूजनबाट नयाँ शक्ति जन्मन्छ भन्ने मेरो बुझाइ छ । पार्टीलाई एक ढिक्का बनाउन र मुलुकमा आर्थिक समृद्धि ल्याउन नयाँ र पुराना शक्तिको फ्यूजन गराउनु आवश्यक छ । म प्यानलमा विश्वास गर्दिन । मैले मिश्रति मतदान गर्छु । मतपरिणाम पनि मिश्रति आओस् भन्ने चाहान्छु ।
दुर्गा मण्डल, धनुषा

उहाँ धेरै राम्रो नेता हुनुहुन्छ । उहाँले राजनीति बुझ्नुभएको छ । उहाँ सबैभन्दा राम्रो नेता हो ।
त्यही भएर मैले सभापतिमा उहाँलाई मतदान गर्छु ।
प्रदीप केसी, उदयपुर
मैले रामचन्द्र पौडेलको पुरै टीमलाई मतदान गर्छु । किनभने यो टिममा कांग्रेस र मुलुकलाई बुझेका नेताहरु हुनुहुन्छ । वीपीको सिद्धान्तलाई संस्थागत गर्दै पार्टीलाई एक ढिक्का बनाउनका लागि पौडेल सक्षम नेता हो भन्ने मेरो ठम्याइ छ ।
कुन्दनराज काफ्ले, दोलखा

अजय सिवाकोटी, प्रेस युनियन महासचिव

जनताको चाहाना विकास हो, परिवर्तनकारी युवा शक्तिले जनताको चाहाना बुझेका छन् । यसर्थ, कांग्रेसको मात्रै नभई देशको रुपान्तरणका लागि म परिवर्तनको पक्षधरलाई भोट हाल्छु ।
नयाँ पुस्ता नेतृत्व तहमा नपुगेसम्म कांग्रेसको रुपान्तरण सजिलो छैन, त्यसैले परिवर्तनको पक्षधर प्यानललाई मतदान गर्न म सबै अधिवेसन प्रतिनिधिहरुलाई आग्रहसमेत गर्छु ।
प्रकाश शर्मा पौडेल, बागलुङ

कांग्रेसले विगतमा विधानअनुसार काम गर्न सकेन । विधिलाईभन्दा व्यक्तिलाई बढी प्रधानता दिँदै आएको छ । म संस्थापन पक्षलाई मतदान गर्छु । साथै पार्टी सञ्चालन गर्नसक्ने युवालाई पनि उत्तिकै प्राथमिकताका साथ भोट हाल्छु ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment