२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ । कुल ६४ पदका लागि ३१२ जना उम्मेद्वार खडा भएका छन् । जसमध्ये ६१ केन्द्रीय सदस्यका लागि ३१२ उम्मेदवार छन् ।
जनजाति-जनजातिमा बलियो भिडन्त
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि जनजाति पुरुषमा सबैभन्दा बढी उत्साहजनक प्रतिस्पर्धा हुने भएको छ । आरक्षण सीटअन्तरगत जनजातिका ३ जना केन्द्रीय सदस्यका लागि ४० जना आदिवासी जनजाति नेताहरु चुनावी मैदानमा छन् ।
जनजातिको सीटमा ५० जनाको उम्मेदवारी परेको थियो, जसमध्ये १० जनाले फिर्ता लिएका छन् । ३ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने जनजातिहरुमा प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सांसदहरु नागेन्द्र कुमाल, बहादुरसिंह लामा, भीमसेनदास प्रधानदेखि मीनकृष्ण महर्जनसमेत छन् ।
जनजाति नेता कुलबहादुर गुरुङ, पूर्णकुमार शेर्मा लिम्बू लगायत चाँहि खुल्लातर्फ क्षेत्री बाहुनसँगै प्रतिस्पर्धामा भिडेका छन् ।
खुल्ला २५ सीटमा महिलासमेत
केन्द्रीय कार्यसमितिका लागि २५ केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् । जसमा ९० जना उम्मेदवार छन् । चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा निरु पोखरेल, रामचन्द्र पोखरेल, सूर्यमान गुरुङ र वासुदेव तिमल्सिना छन् ।
खुल्ला केन्द्रीय सदस्यको कोटामा महिला नेतृहरु सुजाता कोइराला र डिला संग्रौला उपाध्याय पनि उत्रिएका छन् । उनीहरु महिला कोटामा उम्मेदवारी नदिई पुरुषहरुसँगै प्रतिस्पर्धामा उत्रिएका हुन् ।
खुल्लातर्फको २५ जनाको कोटामा घघडान नेताहरु उम्मेद्वार बनेका छन्, जसमा खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेदेखि लिएर चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, नारायण खड्का, प्रकाशमान सिंह, प्रदीप गिरी, बलबहादुर केसी लगायत छन् ।
महेश आचार्य, मिनेन्द्र रिजाललगातका नेता पनि यही २५ जनाको कोटामा जितेर नेतृत्वमा आउने तयारीमा छन् । कांग्रेसका पूर्व सचेतक शोभाकर पराजुली पनि खुल्लातर्फ प्रतिस्पर्धामा उत्रेका छन् ।
महिला र दलितमा पनि उस्तै उत्साह
महिलाका कुल ६ सीटका लागि ३८ जनाले प्रतिस्पर्धा गर्दैर्छन् । ४० जनाको उम्मेदवारी परेकोमा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा विष्णुदेवी पुडासैनी र सावित्री बोगटी पाठक छन् ।
आरक्षणकै दलितको पुरुष कोटाका पनि कडा प्रतिस्पर्धा हुने भएको छ । तीन केन्द्रीय सदस्यका लागि २० जना उम्मेदवार छन्, जसमा मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, जीवन परियारदेखि शम्भु हजारा दुसादसम्म छन् ।
सबैभन्दा कम उम्मेदवार भने प्रदेश नम्बर २ र दलित महिलातर्फ रहेका छन् । प्रदेश नम्बर २ का दुईवटा केन्द्रीय सदस्यको कोटामा ५ जनामात्रै उम्मेदवार छन् ।
त्यसैगरी दलित महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि ५ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment