काठमाडौँ, २३ फागुन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा माधवप्रसाद शर्माको निधन भएको छ । शर्माको आइतबार विहान ३ बजे निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
मृदुभाषी,शालीन व्यक्तित्वका रुपमा एउटा छुट्टै छवी बनाएका शर्मा निमोनियाबाट ग्रसित थिए । निमोनियाबाट ग्रसित शर्मालाई न्यून रक्तचाप, मिर्गौलामा समस्या देखिएको थियो ।
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । शर्माको आइतबार आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment