काडमाडौं । अर्गानिक बालीको हिजोआज माग निकै बढेको छ । अर्गानिक बालीले स्वास्थ्यमा राम्रो गर्ने भएकाले पनि यसको माग बढेको हो ।
बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक भएपनि दोस्रो विश्वयुद्धपछि किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्।
यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन्। अनावश्यक र उपयोगी नहुने जीवलाई मार्नका लागि प्रयोग हुने कीटनाशक, स्टेरोइड, हर्मोन, एन्टिबायोटिक र हर्बिसाइडहरू हामीले खाने खानामा पनि रहने गरेका छन्। यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन्। यस्तै कारणले पनि अर्गानिक बाली (खानेकुरा)हरूको माग अहिले बढी भएको हो ।
के हो अर्गानिक ?
अर्गानिक हुनका लागि अर्गानिक बालीले संयुक्त राज्यको कृषि विभागले कायम गरेको सबै हरू सिन्थेटिक कीटनाशक, कृत्रिम मल, विकिरण र बायोटेक्नोलोजीको प्रयोग नगरी उत्पादन गर्नुपर्ने मापदण्ड तय गरेको छ । यी मापदण्ड पूरा गरी उत्पादन गरिएका बालीलाई अर्गानिक भनिन्छ ।
अर्कोतर्फ, एन्टिबायोटिक वा सिन्थेटिक वृद्धि हर्मोनको प्रयोग नगरी जनावर हुर्काइएमा पशुजन्य उत्पादनहरू अर्गानिक मानिन्छन्। केही स्वास्थ्य विशेषज्ञहरूले अर्गानिक तरिकाले उब्जाइएका अन्न र पशुहरू रसायन भएका बाली वा मासुभन्दा राम्रो उत्पादन हुने विश्वास गर्छन्
अर्गानिकका फाइदै फाइदा
१. न्यून मात्रामा रसायन : बालीहरूमा रसायनको प्रयोग नगरी गरिएको उत्पादनलाई अर्गानिक भनिन्छ । अध्ययनहरूले बालीमा प्रयोग भएका रसायनहरूले मेटाबोलिक समस्या, हर्मोनल समस्या र क्यान्सरजस्ता विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न हुन हुँदा अर्गानिकमा रसायन प्रयोग हुँदैन । जसले स्वास्थ्यलाई हानी नभई फाइदा पुर्याउँछ ।
२. जीएमओ नहुने : अर्गानिक रूपमा उत्पादन भएका बालीहरू र मासुहरू जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म अर्थात् जीएमओबाट बनेका हुँदैनन्। जीएमओ भनेको अन्नको उत्पादन बढाउने प्रविधि हो । प्रकृतिमा प्राकृतिक रुपमा उत्पादन नभएको कुनै पनि कुरा खानका लागि सुरक्षित ठानिनु हुँदैन। यसर्थ अर्गानिकमा यो हुँदैन ।
३. राम्रो गुणस्तर : अर्गा्निक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुहरू पोषिलो हुने मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तरका पनि हुन्छन्। विभिन्न खाले हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गा्निक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन्। यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ। यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल र तरकारीमा पनि लागू हुन्छ।
४. वातावरणमैत्री : अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुन्छन् किनभने ती खानेकुरा उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन। कीटनाशक विषादी, हर्बिसाइड्स, र हर्मोनहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई दूषित बनाउन सक्छन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment