२३ फागुन, काठमाडौं । घरको भग्नावशेष । छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो । साथमा थियो, परिचयपत्र पनि । भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? भोटेचौर गाविसका एक स्थानीयले यिनै प्रमाणका आधारमा क्षतिग्रस्त घरको लागत संकलन गरिदिन आग्रह गर्दा गाउँ पुगेको सर्भेयर टोलीले बास्तविकता अर्कै पायो । उनी नक्कली भूकम्पपीडित रहेछन् । अाजको नागरिक दैनिकमा समाचार छ ।
घर भूकम्पले भत्काएको थिएन । भूकम्पअघि घर भत्किएको थियो, पुरानो भएका कारण । इन्जिनियर हर्कमान लामा नेतृत्वको सर्भे टोलीले उनको घरको लगत संकलन गरेन । टोलीलाई अबरोध खडा गरियो ।
भूकम्पले घर भत्केको हो भनेर फोटो खिचाउन तीब्र दबाब दिँदै लगत संकलनमा दिनभरजसो अवरोध पुर्याइयो । यतिसम्म कि एकै व्यक्तिले खडा गरेको व्यबधान हटाउन प्रहरी परिचालन गर्नुपर्यो ।
भूकम्पबाट क्षतिग्रस्त घरको लागत संकलन गर्न बराम्ची गाविस पुगेको सर्भेयर टोली त जिल्ल पर्यो । टोलीले यस्ता एक पीडित भेट्यो, उनीसँग परिचयपत्र बाहेक केही थिएन । उनले भूकम्पले क्षतिग्रस्त भनिएको घरको जग कहाँ थियो भन्ने देखाउन सकेनन् ।
बाहुबलका आधारमा उतिबेला लिएको भूकम्पपीडित परिचयपत्रले अहिले आवास पुननिर्माण लगत संकलन कार्यक्रमलाई प्रभावित पारेको छ । लगत टोलीले ट्यावलेटमार्फत गाउँ गाउँका घरसंरचना क्षतिको बिबरण सिधैं तत्यांक विभाग पुर्याइ रहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment