Saturday, March 5, 2016

मूल्य नपाएको भन्दै कृषी मन्त्रीलाई अदुवा उपहार

उदयपुर –अदुवाको मूल्य कम पाएको भन्दै उदयपुरे कृषकहरुले कृषी मन्त्री हरिवोल गजुरेललाई विक्रि नभएको अदुवा नै मायाको चिनो उपहार दिएका छन् ।

धान, मकै, गहुँ लगायतका खाद्य बालीको विकल्पमा एक दशक देखि अदुवा खेती गर्दै आएका उदयपुरको पश्चिमी गाविसका स्थानीयले लागत अनुसारको मूल्य नपाएपछि कृषी मन्त्रलाई अदुवा नै दिएर पठाएका हुन् ।

मन्त्री गजुरेल एकीकृत माओवादी निर्वाचन क्षेत्र नं. ३ उदयपुरले हर्देनी गाविसको गहुवारीमा आयोजना गरेको शहिद पार्क तथा अर्धकदको शालिक अनावरणमा सहभागि हुन आएका थिए ।

उदयपुरे कृषकहरुको तर्फबाट उदयपुरका सभासद भेष कुमारी राउतले मन्त्रीलाई अदुवा हस्तान्त्रण गरेकी हुन । कृषकहरुले बिक्रि नभएको अदुवा नै दिए पछि मन्त्री गजुरेलले हर्देनी, लेखानी, सिरिसे, मयाँखुलाई अदुवाको पकेट क्षेत्र घोषणा गर्न कृषि बिशेषज्ञको टोली तत्काल पठाउने बताए । उनले विक्रि नभएको अदुवा भण्डारण गर्न आगामी बर्षको बजेटमा चिस्यान केन्द्र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गजुरेलले गाउँमा रहेका किसानहरुले सरकारी अनुदान र मल नपाउने अवस्थाको अन्त्य गर्न किसान परिचय पत्रको व्यवस्था लागू गर्ने तयारी अन्तीम चरणमा पुगेको जानकारी दिए ।

उनले भने ‘यो योजना मन्त्रिपरिषदको बैठकबाट पास भएर अर्थ मन्त्रालय पुगेको छ आगामी बजेटबाट कार्यान्वयनमा आउने छ ।’ किसानहरुलाई पेन्सनको व्यवस्थाको बारेमा प्रष्ट पार्दै उनले ‘पाँच बर्ष पुगेका किसानहरुलाई आवश्यक प्रमाणको आधारमा स्थानीय निकायबाट परिचय पत्रको व्यवस्थ ागर्ने तयारी समेत भएको छ ।’

एकीकृत माओवादीले मनाएको सहिद सप्ताहाको अन्तिम दिन हर्देनी गाविसको गहुबारीमा स्थापना गरिएको जनयुद्धका छ जना सहिदहरुको शालिक अनावरण तथा शालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा सहिद खड्ग बहादुर राउत, प्रेम कुमारी श्रेष्ठ, रिता कुमारी श्रेष्ठ, गीता कुमारी दमाई, लेखबहादुर सुनुवार, डोलराज कोईरालाको बुबा, तथा आमालाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा उदयपुरका सांसद भेषकुमारी राउत, एमाओवादीका उदयपुर अध्यक्ष भिम बहादुर अधिकारी अनिल र क्षेत्र नं. ३ का इन्चार्ज केपी बरालले सम्बोधन गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment