Saturday, March 5, 2016

६३ जनाले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिए

२२ फागुन, काठमडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्तार् लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि ३०२ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन-तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिका अनुसार ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन तालिका अनुसार शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ता लिन समय तोकिएको थियो ।

पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुले भने फिर्ता लिएका छैनन् । सभापतिमा तीन, महामन्त्रीमा तीन र कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको निर्वाचन सदस्य घिमिरेले जानकारी दिए ।

निर्धारित समयसीमाभित्र ६३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कमिटीका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment