शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को व्यापारले निर्देशन दीनेश डीसी आशातित देखिएका छन् । शुक्रबार कमजोर ओपनिङ गरेको यो फिल्मले शनिबार भने अधिकांश हलमा ८० प्रतिशतसम्मको अकुपेन्सी देखिएको दीनेशले अनलाइनखबरलाई बताएका छन् ।
काठमाण्डौका मल्टिप्लेक्समा शो कम पाएका कारण पनि फिल्मको ओपनिङ गजबको हुन सकेन । निर्देशक डीसी भन्छन्-‘शनिबारबाट फिल्म केही उकालो लागेकाले पनि सोमबार, मंगलबार र वुधबारको बिदामा व्यापारले धेरै नै फाइदा दिनेमा विश्वस्त छु । ‘ उनले फिल्मको कथावस्तुलाई दर्शकले मन पराएकोमा खुशी समेत व्यक्त गरेका छन् ।
फिल्मका मुख्य २ पात्र नीता ढुंगाना र आमेष भण्डारीको कामलाई भने फिल्म हेर्नेले तारिफ गरेका छन् । यो फिल्मबाट रजतपटमा डेब्यू गरेका नव-नायक आमेष भण्डारीले एक्सनदेखि अभिनयमा राम्रो काम गरेका छन् । नायिका नीता ढुंगानाको दोहोरो भूमिकाले पनि दर्शकलाई सन्तुष्ट बनाउाछ । प्रहरी र नायिकाको भूमिकामा देखिएकी नीताले दर्शकलाई होल्ड गरेकी छिन् ।
छिरल्लिएको कथावस्तुका कारण चलचित्र केही स्थानमा बहकिएको छ । कथावस्तुको चयन राम्रो भएपनि निर्देशक डीसीले चलचित्रको पटकथामा विशेष ध्यान दिन सकेका छैनन् । चलचित्रमा दीनेशले आफ्नो पीआरलाई राम्रै प्रयोग गरेको देखिन्छ । चलचित्रले सोमबारदेखि वुधबारसम्मको बिदालाई राम्रैसाग उपभोग गर्न सकेको खण्डमा कलाकारदेखि निर्माता र निर्देशकलाई पनि फाइदा हुने देखिन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment