Saturday, March 5, 2016

चुनावी प्रचारः नसक्नेले ढाडमा, सक्नेले आकाशे पुलमा (फोटो फिचर)

२२ फागुन, काठमाडौं । महाधिवेशनको लगभग मध्यान्तरमा आइपुगेको नेपाली कांग्रेस यतिबेला पार्टीको मूल नेतृत्व छनोटका लागि चुनावी प्रचार-प्रसारमा पूर्णरुपमा हेलिएको छ । पैसा हुने धनीमानीहरुले तडक- भडकपूर्ण प्रचार गरिरहेका छन् भने गरीब उम्मेदवारको प्रचार गराइ सामान्य देखिएको छ ।

parchar (7)आइतबार बिहान ८ बजेदेखि निर्वाचन हुने भएकाले कांग्रेस उम्मेदवारहरुका लागि प्रचार-प्रसार गर्ने समय अब केही घण्टामात्रै छ ।

कुल ६४ स्थानका लागि ३१२ प्रतिद्वन्द्वीहरु मैदानमा रहेकाले कुनै पनि नेतालाई चुनाव जित्नु फलामको चिउरा चपाउनुजस्तै कठिन बनिरहेको छ ।

आफ्नो पक्षका नेताहरुका लागि मत माग्ने क्रममा कार्यकर्ताले विभिन्न नौला एवं परम्परागत विधिहरु प्रयोगमा ल्याएका छन् । देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको यो चुनावी रौनक एउटा उत्सवजस्तै देखिएको छ ।

parchar (6)

गाउँदेखि निर्वाचन गर्दै यहाँसम्म आएर खुल्ला प्रतिस्पर्धाबाटै नेतृत्व छनोट गर्ने नेपाली कांग्रेसको यो परम्परा वामपन्थी नेताहरुले पनि रोचक मानेर नियालिरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले खुल्लामञ्चबाटै उदघोष गरिसकेका छन् कि उनले कांग्रेसको महाधिवेशनलाई चासो दिइरहेका छन् ।

आफ्नो पक्षका प्रतिनिधिहरुको पक्षमा मत माग्न कार्यकर्ताहरुले विभिन्नखाले कला अपनाएका छन् । कसैले आफ्नो नेताको तस्वीर ढाडमा बोकेर हिँडेका छन् भने कोही अनुहारमै तस्वीर टाँगेर हिँडेका छन् । सक्ने र पैसावालहरुले सडकको आकासे पुलमा वारवार हुने गरी लामो तुल टाँगेका छन् ।

parchar (3)

सडकमा देउवा र रामचन्द्र पौडेल अनि कृष्ण सिटौलाका पक्षमा तुल ब्यानरहरु टाँगिएका छन् । पार्टीभित्रको आन्तरिक चुनावमा पनि उम्मेदवारले यसरी फजुल खर्च गरिरहेका छन् कि मानौं यो कुनै संसदीय निर्वाचन नै हो ।

अधिकांश उम्मेदवारले भिजिटिङ कार्ड बनाएर भोट मागिरहेका छन् । सडकभरि पर्चा र पम्प्लेट कुल्चिने गरी छरिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले त आफ्नो चुनावी प्रचारमा रोबर्टको समेत प्रयोग गरेका छन् ।

हेर्नुहोस् चुनावी प्रचारका केही दृश्य

parchar (14)

parchar (10)

parchar (11)

parchar (9)

parchar (12)

parchar (13)

parchar (8)

parchar (15)

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment