Saturday, March 5, 2016

ताप्लेजुङमा असिनापानीले हिउँदेवाली नष्ट

२३ फागुन, ताप्लेजुङ । पश्चिमी वायुको प्रभावका कारण शनिबार साँझ ताप्लेजुङका विभिन्न गाविसमा परेको असिनापानीका कारण यहाँका हिउँदे वालीमा ठुलो क्षति पुगेको छ ।

जिल्लाका पूर्वी क्षेत्रका मेहेले, सुरुम्खिम, खेवाङ, पेदाङ, आम्वेगुदिन, सादेवा, आफ्ोपलगायतका गाविसमा परेको असिनापानीका कारण हिउँदे बालीमा क्षति पुगेको हो ।

असिनाका कारण गहुँ, जौ, मकै, आलु, अलैँचीलगायतका बालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मेहेले गाविसका कमल कडरियाका अनुसार शनिबार साँझ ती गाविसमा करिब दुई घन्टासम्म असिना परेको थियो । करिब एक फिटसम्म जम्ने गरी असिना परेको थियो ।

असिनाले उम्रदै गरेको मकै, पसाउन लागेको गहँु, जौ, तोरीलगायतका बाली नष्ट गरेपछि ती क्षेत्रका किसान चिन्तित बनेका छन् । ताप्लेजुङका साथै पाँचथरका सीमावर्ती गाविसमा समेत असिनाले बालीनालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment