Saturday, March 5, 2016

यस्तो छ अष्ट्रेलियाका नेपालीमा घरेलु हिंसाको अबस्था  

राजन घिमिरे

सीड्नी । युनाईटेड नेप्लीज आर्ट एण्ड ईन्टरटेन्मेन्ट र अल्प ईन्टरटेन्मेन्टले संयुक्त आयोजनामा सीड्नीमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरियो ।

अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा फोटो र वृतचित्र मार्फत घरेलुहिंसाका घटनाहरु मर्फत चेतना अभियान थालनी गरिएको हो । सीड्नीको ग्रानभिलमा आयोजना गरिएको कार्यक्रममा अस्ट्रेलियामा रहेर महिला हक हितमा कार्यरत एक दर्जन महिलाहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित हुनेहरुमा इन्द्रा बन, जानकी पौडेल लीला प्रधान,सुजाता केसी , रुपा लामा,बिन्ध्या सुब्बा रहेका छन । यी अभियन्ताहरुलाई नेपाली समाजका अगुवा नारायण प्रधान , इन्द्रा वन ,एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल र उपाध्यक्ष दिनेश पोखरेल लगायतले सम्मान गरेका थिए ।

australiaकार्यक्रममा एनआरएनकी सदस्य तथा महिला अभियन्ता जानकी पौडेलले अस्ट्रेलियाजस्तो बिकसित मुलुकमा पनि नेपालीहरु घरेलु हिंसाको शिकार भएका कयैन घटनाहरु देखिएको भन्दै चिन्ता ब्यक्त गरिन् । कार्यक्रमका बक्ताहरुले नेपाली समाजमा बढ्दो घरेलु हिंसालाई रोकथाम गर्न यस्ता जनचेतना मुलक अभियानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा मुटु रोग बिशेषज्ञ कुमुद धिताल, अस्ट्रेलियामा आउने पहिलो नेपाली नारायाण प्रधान लगायतलाई सम्मान गरिएको थियो । स्थानीय पाकिस्तानी समाजका अगुवा इजाज खान र अस्ट्रेलीयन कितु रन्दावा समेतले पनि महिला घरेलु हिंसाको रोकथाम र जनचेतना अहिलेको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा आयोजक युनाईटेड नेप्लीज आर्ट एण्ड ईन्टरटेन्मेन्टकी अध्यक्ष भुमा लिम्बुले पहिलो पटक फोटो तथा स्वयं पीडिततहरुको आवाज मार्फत जनचेतना अभियान सन्चालन गरेको जानकारी दिइन् । अल्प ईन्टरटेन्मेन्टका मनोज अधिकारीले कार्यक्रममा स्थानीय कलाकार मार्फत जनचेतना मुलक नृत्य र अभिनय प्रस्तुत गरिएको कुरा बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment